सुन प्रकरणमा शक्तिशाली नेता लुकाउने प्रपञ्च भइरहेको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेतालाई लुकाउन प्रपञ्च गरिरहेको आरोप लगाएका छन्। उनले प्रतिनिधि सभाको बैठकमा एमालेले आयोग बनाउन उठाएको प्रश्न सही सावित भएको बताए।

उनले भने, ‘केही समय अगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरुलाई लुकाएको छ भनेर जोडदारसँग उठायो। प्रहरीको नियमित छानविनबाट अनुसन्धान सहि ठाउँमा पुग्न सक्दैन भनेर। शक्तिशाली नेताहरुलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालिन प्रतिपक्षको आशंका सही सावित भयो। आयोगले प्रतिवेदन बुझाएको छ हामीले भर्खरै समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ। सरकारले धन्यवाद छ आयोगले किटान गरेको मान्छे छुट्नु हुन्न हाम्रो साथ छ। तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ। तर, यसले एमालेले प्रतिपक्षको ठाउँमा यो कुरा नउठाएको भए आयोग नबन्ने रहेछ आयोग नबनेको भए सुनकाण्ड फासफुस हुने रहेछ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *