प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वापाको ह्विप

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिँदै छन् ।

चार मन्त्रालयका साथ सरकारमा सहभागी भएको रास्वपाका २१ सांसद रहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *