काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यस्तै, मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Artha Sanjal






