बुढासुब्बा गोल्ड कप हेर्न आइएमई पेबाट टिकट काट्न सकिने

काठमाडौं । धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ ।

शनिवारदेखि सुरु भएको बुढासुब्बा गोल्ड कप फुटबल हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो । चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधि भर आइएमई पे बाट टिकट काट्न मिल्ने कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यस पटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *