बैंकिङ कसूर मुद्दाका फरार राधा माताङ्गी पक्राउ

ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुर कमलविनायक  बस्ने ४१ वर्षीया,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी राधा माताङ्गीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको गत पुस २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा  ५ दिन कैद र १९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *