ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुर कमलविनायक बस्ने ४१ वर्षीया, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी राधा माताङ्गीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको गत पुस २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।
Artha Sanjal






