फागुनका लागि अधिकांश बैंकहरूले घटाए ब्याजदर

काठमाडौं। वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। १८ वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औषत ब्याजदर ०.३९ प्रतिशतविन्दु घटेको छ। १८ बैंकमध्ये १४ बैंकको ब्याजदर घटेको छ ।

माघ महिनामा ८.११ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर, फागुनमा घटेर ७.७१ प्रतिशतविन्दुमा सीमित भएको छ।

त्यसैगरी, संस्थागत मुद्दति निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३८६५ प्रतिशतविन्दु घटेको छ।

फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउने बैंक कृषि विकास बैंक रहेको छ। माघ महिनामा व्यक्तिगत मुद्दतिमा ७.२६ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ६.४४३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.८१ प्रतिशतविन्दु घटाएको हो।

फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

हिमालयन बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.१५ र व्यक्तिगततर्फ ६.१५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

एभरेष्ट बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

लक्ष्मी सनराइन बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

माछापुच्छ्रे बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

त्यसैगरी, नेपाल बैंकले ०.७५ प्रतिशतविन्दुले घटाउदै अधिकतममा व्यक्तिगततर्फ ७.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । संस्थागतफर्त भने बैंकले ०.७५ प्रतिशतविन्दुले घटाउदै अधिकतम ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.३५ प्रतिशत र व्यक्तिगततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.७२ प्रतिशतविन्दुले कम हो ।

प्रामइ कमर्सियल बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५ र व्यक्तिगततर्फ ५.४ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.७ प्रतिशतविन्दुले कम हो ।

त्यस्तै, कुमारी बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.०१ र व्यक्तिगततर्फ ६.०१ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशतविन्दुले कम हो ।

यता, एनआईसी एशिया बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.०६५ प्रतिशतविन्दुले कम हो ।

प्रभु बैंकले पनि ब्याजदर घटाउँदै फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५ र व्यक्तिगततर्फ ५.५ प्रतिशत कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.५६५ प्रतिशतविन्दुले कम हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले अघिल्लो महिनाको तुलनामा ०.६ प्रतिशतविन्दुले घटाउँदै फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

सानिमा बैंकले फागुन महिनाका लागि ब्याजदर ०.६४ प्रतिशतले घटाएको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ ७.५१ र व्यक्तिगततर्फ ५.५१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एमएमबी बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.५ र व्यक्तिगततर्फ ६.५ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.५ प्रतिशतविन्दुले कम हो ।

ग्लोबल आइएमई बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.६ र व्यक्तिगततर्फ ५.६ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.५ प्रतिशतविन्दुले कम हो ।

नेपाल एसबीआई बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.१ र व्यक्तिगततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.१५ प्रतिशतविन्दुले कम हो ।

नविल बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.७५ र व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.३५ प्रतिशतविन्दुले कम हो ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.३५ र व्यक्तिगततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *