काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले भ्रष्टाचारीहरूको संरक्षण गरेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले मन्त्रीहरु काम नगर्ने तर प्रधानमन्त्रीलाई कहिले यशु ख्रिष्ट जस्तो भन्ने कहिले सम्राट अशोक भनेर स्टन्टबाजी गरेर बसिरहेको आरोप लगाए ।
उनले भने- सरकार भ्रष्टाचारीहरूको संरक्षण गर्नमा लागेको छ । एकपछि अर्को ठूला ठूला भ्रष्टाचारका काण्डहरू आइरहेछन् सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने बहनामा स्टन्टबाजी गर्छ । तर, कुनै पनि भ्रष्टाचारीलाई कानूनको दायरामा ल्याउने इच्छाशक्ति साथ काम गरेको छैन ।







