यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । आज अधिकांश तरकारीको भाउ स्थिर छ। केही फलफूल तथा तरकारीको भाउ सामान्य घटबढ भएका छन्।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज नेपाली ठूलो गोलभेँडाको भाउ किलोमा १० रूपैयाँ महँगिएको छ।

हिजो ५० देखि ६० रूपैयाँ प्रतिकिलो तोकिएको गोलभेँडा आज ६० देखि ७० रूपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। मटरकोशा आज किलोमा १० रूपैयाँ महँगिएको छ। हिजो ८० देखि ९० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको मटरकोशाको आजको भाउ आज ९० देखि १०० रूपैयाँ छ।

काउली, बन्दा, आलु, भन्टा,सिमी, फर्सी लगायतका तरकारीको भाउ घटबढ भएको छैन। सागको भाउ पनि स्थिर छ। आज रायोको सागको भाउ प्रतिकिलो ४० देखि ५० रूपैयाँ छ। चमसुर, पालुगो, भेथीको सागको भाउ ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *