सिटिजन्स बैंकका ग्राहकलाई पर्पल हेज रक बारमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेल, काठमाडौं स्थित पर्पल हेज रक बार प्रा.लिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले पर्पल हेज रक बारमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास  लिएको बैंकले जनाएको छ ।

बैंकले १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *