काठमाडौं । आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाइसकेको छ।
ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भए। अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए। यस्तै आकास त्रिपाठी ६.५ ओभरमा पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट भए। कप्तान देव खनाल २३ रन जोडेर १७.१ ओभरमा आउट भएका थिए। उनले ओपनिङ ब्याटर विपिन रावलसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे।
यस्तै उत्तम मगर पनि ४ रनमा आउट भए। ओपनिङ ब्याटर विपिन यादव पाँचौं विकेटको रुपमा ३९ रनमा बनाएर आउट भएका छन्। उनी २६.४ ओभरमा आउट हुँदा नेपालले ५ विकेटको क्षतिमा ९६ रन जोडेको स्थिति थियो।







