एभरेष्ट बैंकका कार्यकारी अधिकृत खालिङको फेक ह्वाट्सएप खोली दुरुपयोग

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडका कार्यकारी अधिकृत(सिइओ) सुदेश खालिङको फेक ह्याट्सएप खाता खोली दुरुपयोग गरेको पाइएको छ।

९८०६६३४५७८ मोबाइल नम्बरबाट ह्वाट्सएप खाता खोली खालिङको तस्बिर राखेर दुरुपयोग गरेको पाइएको हो । खालिङको फेक ह्वाट्सएप खाता खोलेको पाइएकाले सावधानी अपनाउन सामाजिक सञ्जालमार्फत बैंकले सजग गराएको छ ।

‘सुदेश खालिङ नाम राखेर मेरो तस्बिर दुरुपयोग गरी ह्वाट्सएप बनाएर म्यासेज पठाएको र संवादसमेत गरेको पाइएकाले यस्तो क्रियाकलाप पूर्णरूपमा गलत रहेको जानकारी गराउँदै यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला, ग्राहक महानुभावहरू र सर्वसाधारणमा अनुरोध गर्दछौ,’ सूचनामा भनिएको छ ।

केही दिन अघि  राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र एनआईसी एसिया बैंकका कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेको पनि फेक ह्वाट्सएप खाता खोली दुरुपयोग भएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *