बैतडी । बैतडीको दशरथचन्द न.पा.४, शाहिलेकमा कपडा बैंक सञ्चालनमा आएको छ । सोमबार कपडा बैंकको उद्घाटन गरेसँगै सञ्चालनमा आएको युवा समाजसेवी महेश दत्त भट्टले बताए ।
‘हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर, अभियानमा सहभागीता जनाऔं’ भने उदेश्यसहित अनाथ तथा असहाय बालबालिकाहरुलाई न्यानो लुगा दिएर कपडा बैंकको गरिएकाे शुभारम्भ गरिएको भट्टले बताए । नगरप्रमुख पुष्कर राज जोशी (लख्खाभाइ)ले एक औपचारीक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
आइतबारदेखी नै कपडा बैंकका लागि कपडा संकलन सुरु गरिएको थियो । महेश दत्त भट्ट, हेमबाबु लेखक, मोहित भण्डारी र विवेकान्द पाण्डेयले मिलेर कपडा बैंक सञ्चालन गरेका हुन् ।
बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्धत विश्वास लिएको छ ।




Artha Sanjal







