काठमाडौं। लोअर इर्खूवा हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँको २१.५ प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणहलाई निष्कासन गर्न लागेको हो ।
उक्त कार्यका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १३ लाख ५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र ११.५ प्रतिशत अर्थात् १५ लाख ७५० कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई जारी गर्ने बताएको छ ।
आयोजनाबाट चालू आर्थिक वर्ष भित्र विद्युतको व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ ।
Artha Sanjal






