साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६०० रुपैयाँ बढेको हो।

आज छापावाल सुन तोलामा एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *