दोहोरो अकंले बढ्यो सेयर बजार, कारोबार ६ अर्ब माथि

काठमाडौं । सेयर बजारमा आज पनि दोहोरो  अकंको सुधार आएको छ ।  सेयर बजार कारोबार मापक नेप्से २०.६२ अंकले बढेर २०८०.१२ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.६४ अंकले बढेर ३८२.९२ बिन्दुमा पुगेको छ ।

आज ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १० उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.६७ प्रतिशत, विकास बैंक समूहको ५.२१ प्रतिशत, फाइनान्स समूहको ३.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

यो दिन सोनापुर मिनरल्सको सार्वधिक कारोबार भएको छ। सर्वाधिक कारोबार गर्ने  १० कम्पनीमा एउटा जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ पर्न सफल भएको छ।

त्यस्तै, सोनापुर मिनरल्सः २१ करोड ४९ लाख रुपैयाँ,निफ्राः १९ करोड ७३ लाख रुपैयाँ,सोल्टी होटलः १७ करोड ५३ लाख रुपैयाँ,माउन्टेन इनर्जीः १२ करोड ४३ लाख रुपैयाँ,रिलायबल नेपाल लाइफः १२ करोड १४ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ९२ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः ९ करोड २४ लाख रुपैयाँ,मोदी इनर्जीः ८ करोड १५ लाख रुपैयाँ,सानिमा मिडिल तमोरः ८ करोड ६ लाख रुपैयाँ, युनाइटेड इदी मर्दीः ७ करोड ९८ लाख रुपैयाँको सार्वधिक कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *