सुनको मूल्य फेरि हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ पुगेको छ । बिहीबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

आज तेजावी सुन प्रतितोला एक लाख २१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यसअघि मंसिर १७ गते  सुनको भाउले रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको भाउ प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार चाँदी एक हजरा ४ सय ९० रुपैयाँ कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पछिल्लो २४ घण्टामा १ प्रतिशत बढ्दै प्रतिऔंस २०८६.५३ डलर पुगेको छ ।  सन् २०२४ सम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३००० डलर प्रतिऔँस पुग्ने अनुमान भइरहेको छ ।

सुनको मूल्य बढ्नुको पछाडि विभिन्न कारणहरु रहेको महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन्  । उनी भन्छन्, ‘पहिलो कारण त रुस-युक्रेन युद्ध भइहाल्यो । त्यसपछाडि इजराइल र प्यालेस्टाइनबीचको युद्ध भयो । अर्को भूराजनीतिक कारणहरुले गर्दाखेरि संसारको व्यापारसँग सम्बधित विषयमा चीन र अमेरिकाबीचको जुन व्यापार युद्ध चलिरहेको छ । त्यसको पनि प्रभाव छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *