काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार (मंसिर २८ गते) १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ७५ पैसा कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।
यस्तै, खरिददर पनि १३३ रुपैयाँ १५ पैसा कायम भएको छ । यसअघि मंसिर १५ गते १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ७४ पैसा र खरिददर पनि १३३ रुपैयाँ १४ पैसामा पुगेर रेकर्ड कायम गरेको थियो ।
युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।








