त्रिशूली जलविद्युतको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनीको साधारण सेयर (आईपीओ) धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा अंकित मूल्य १ सयका दरले कम्पनीको १ करोड ८५ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो ।

जसमध्ये सर्वसाधारण लगानीकर्ताको ३७ लाख ५ हजार कित्ता (२० प्रतिशत) र कम्पनीका संस्थापक सेयरधनीहरुको १ करोड ४८ लाख २० हजार कित्ता (८० प्रतिशत)साधारण सेयर सूचीकरण भएको हो ।

उक्त सेयर बुधबारदेखि कम्पनीको सेयर कारोबार सुरु हुने भएको छ । ओपनिङ रेञ्ज मूल्य ८९ रुपैयाँ ३८ पैसादेखि २६८ रुपैयाँ १४ पैसासम्म पाएको छ । पहिलो कारोबार ८९ रुपैयाँ ४० पैसादेखि २६८ रुपैयाँ १० पैसाको बीचमा हुनेछ । पहिलो कारोबारपश्चात कम्पनीको मूल्यमा १० प्रतिशतसम्म वृद्धि वा गिरावटको सीमा रहनेछ । कम्पनीको सिम्बोल टीभीसीएल रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *