अपरिचित व्यक्तिको विश्वासमा खाताको विवरण उपलब्ध नगराउन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले नचिनेको व्यक्तिको लहलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध नगराउन आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार वित्तीय सचेतना सम्बन्धित सन्देश जारी गर्दै अपरिचित व्यक्तिको विश्वासमा खाताको विवरण उपलब्ध नगराउन आग्रह गरेको हो ।

‘ह्वाट्सएप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप वा इमेल वा फोनबाट विभिन्न किसिमका चिठ्ठा परेको, पुरस्कार जितेको, धन सम्पत्ति वा सुन फेला परेको, अपुताली सम्पत्ति फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बाहनाका सन्देश पठाई सो रकम वा सम्पत्ति प्राप्त गर्न केही रकम पर्दछ वा खातामा जानकारी दिनुपर्दछ भनि सर्वसाधारणलिई आर्थिक प्रलोभन देखाई ठगी गर्ने घटना संसारभर हुने गरेका छन् । यी सबै घटना वित्तीय ठगीका उदाहरण हुन् ।’ राष्ट्र बैंकबाट जारी सन्देशमा भनिएको छ ।

यस्ता सन्देशलाई विश्वास गर्ने, हुँदै नभएको वा आफूले भाग नलिएको चिठ्ठा वा पुरस्कार जितेको कुराको पछि लाग्ने वा चिन्दै नचिनेको व्यक्तिका झुटो कुराको विश्वास गरी लहैलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध गराउने कार्य नगर्न राष्ट्र बैंकले सचेत गराएको छ ।

May be an image of text

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *