दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन् । थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् ।

थापालाई प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ । सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको प्रहरीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *