सरकारको आग्रह- ‘भिपिएन चलाउँदा बैंक विवरण र डेटा चोरी हुनसक्छ, नचलाउनु’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असुरक्षित नेटवर्क प्रयोग गरेर टिकटक नचलाउन अनुरोध गरेको छ।

आज मङ्गलबार एउटा विज्ञप्ति जारी गर्दै मन्त्रालयले सरकारले टिकटक बन्द गरे पनि फ्री भिपिएन र ओपन डिएनएसको प्रयोग गरेर टिकटक चलाउने क्रम बढेकोले यस्ता नेटवर्क प्रयोग नगर्न अनुरोध गरेको हो।

फ्री भिपिएन र ओपन डिएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, ब्याल्कमेलमा परिने र जोखिम बढ्ने हुँदा यस्ता नेटवर्क प्रयोग नगर्न आग्रह गरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए।

यसैबीच नेपाल प्रहरीको साइबर ब्युरोले पनि अवैध तरिकाले भीपीएन र डीएनएसको माध्यमबाट इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गर्नु जोखिमपूर्ण हुने बताएको छ। अवैध भीपीएन र डीएनएसको माध्यमबाट सामाजिक सञ्चाल चलाउँदा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्त्वपूर्ण डेटा, व्यक्तिगत विवरण र बैंकिङ विवरणहरू असुरक्षित हुन सक्ने चेतावनी दिएको छ।

यस्तै विद्युतीय स्वरूपमा गैरकानुनी कुरा सम्प्रेषण गर्ने, व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय भाषिक र धार्मिक सद्भाव खलबलाउने लगायतका गतिविधि नगर्न पनि साइबर ब्युराेले आग्रह गरेको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *