नेपाल वायु सेवा निगमले साउदी अरेबियामा पनि उडान भर्ने

नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले साउदी अरेबियाको रियादमा उडान गर्ने भएको छ । आज आइतवार नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले जनाएको छ ।

उडान अनुमति अनुसार नेपाल वायु सेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ ।

निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरूप काठमाडौं-रियाद–काठमाडौं सेक्टरमा हप्ताको तीन वटा नियमित उडान सुरु गर्नेछ

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *