एनपीएल बढ्दा एनआईसी एशिया बैंकको नाफा प्रभावित, अधिकाशं सूचकमा गिरावट

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकले खराब प्रदर्शन गरेको छ। बैंकको नाफासँगै अधिकांश सूचकमा गिरावट आएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको खुद नाफा ४२.४९ प्रतिशतले घटेर १ अर्ब १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी १७.५५ प्रतिशत घटेर २ अर्ब ७४ करोड ६६ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३३ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सञ्चालन मुनाफा ३८.९४ प्रतिशत घटेर १ अर्ब ५४ करोड २९ लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको अवधिमा बैंकको यस्तो मुनाफा २ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ थियो ।

बैंकको ब्याज आम्दानी, सञ्चालन मुनाफा दुवै घट्दा नाफा प्रभावित बन्न पुगेको हो । बैंकको खराब कर्जा ०.५९ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको छ ।

बैंकको इम्पेरमेन्ट चार्ज बढेर ६४ करोड ४३ लाख पुगेको छ। असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३२ रुपैयाँ ५३ पैसा घटेर २७ रुपैयाँ ९ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ ५ पैसा रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस सेयर वितरण गरी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ।

३ खर्ब ६३ अर्ब ६४ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैकले २ खर्ब ९४ अर्ब ९ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *