काठमाडौं । मान्डु हाइड्रोपावरले गत आर्थिक वर्षका लागि १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
लाभांश वितरण प्रस्तावसँगै कम्पनीले वार्षिक साधारणसभा समेत आह्वान गरेको छ । कम्पनीको गत कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको १२ औँ वार्षिक साधारणसभा आगामी मङ्सिर १५ गते हुनेछ ।
सभा ठमेल, काठमाण्डौमा विहान ११ बजे सुरु हुनेछ । सभाले गत आवको आयव्यय विवरण, वार्षिक प्रतिवेदन तथा वासलात,लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने छ। यसैगरी सभाले सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन तथा संस्थापकतर्फ सञ्चालक नियुक्ति अनुमोदन गर्ने छ।
लाभांश वितरणको लागि कम्पनीले मंसिर ४ गते सेशेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। यसअनुसार मंसिर ३ गतेसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।