दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम भने घट्यो

काठमाडाैं । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। यस दिन सेयर बजार मापक नेप्से परिसूचक १३.१८ अंकले उकाले बढेर १८६४.६२ को विन्दुमा पुगेको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०८ अंकले बढेर ३५८.८३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २८९ कम्पनीका ३८ लाख १३ हजार २३३ कित्ता सेयर १ अर्ब ८४ लाख ३७ हजार ८६१ रुपैयाँमा किनबेच भएका छन्।

आज वित्त समूह सर्वाधिक १.३० प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह १.१० प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.२६ प्रतिशत, जलविद्युत समूहमा ०.७९ प्रतिशत, लगानी समूहमा ०.४५ प्रतिशत, जीवन बीमा समूहमा ०.९० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२१ प्रतिशत, लघुवित्त समूहमा ०.८१ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०६ प्रतिशत र अन्य समूहमा ०.८१ प्रतिशतको बढोत्तरी भएको छ। व्यापार समूह सर्वाधिक १.२५ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ०.५३ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.२७ प्रतिशतको गिरावट आएको छ।

आज हाथवे इन्भेस्टमेन्टको सर्वाधिक ४ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

त्यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ९८ लाख रुपैयाँ, नबिल बैंकको २ करोड १७ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको २ करोड १६ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ९ लाख रुपैयाँ, आईएमई लाइफको २ करोड १ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक समूहको १ करोड ९२ लाख रपैयाँ, एसटीसीको १ करोड ८७ लाख रुपैयाँ र घोराही सिमेन्टको १ करोड ७६ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *