एनआईसी एशिया बैंक : डिजिटल बैंकिङको ‘फूल प्याकेज’, वित्तीय सूचकमा पनि अब्बल

काठमाडौं । हरेक सूचकमा अब्बल रहेको वाणिज्य बैंक हो एनआईसी एशिया बैंक । सुरुवाती चरणदेखि नै ग्राहकहरुको सेवा, सुविधालाई अग्र स्थानमा राख्दै आएको यस बैंकले सरल र सहज बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल बैंकिङ सेवालाई पनि आक्रामक ढंगले विस्तार गर्दै आइरहेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ लाखौं ग्राहकहरुमाझ गतिशील बैंकिङ अभ्यासद्वारा ग्राहक केन्द्रीत आकर्षक योजनाहरु पस्किने गरेको छ ।

बेलाबेलामा आकर्षण स्किमहरु ल्याएर बैंकले ग्राहकलाई उकृष्ट सेवा, सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले आकर्षक ब्याजदरका साथै सस्तो दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ ।

यस बैंकले दुर्घटना बीमालाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । आफ्ना ग्राहकहरुलाई होटल रेस्टुराँदेखि सपिङ सेन्टरहरुमा समेत छुट दिँदै आएको छ ।

संस्थागत सुशासन, वित्तीय पारदर्शिताको अभ्यास गर्ने जवाफदेही संस्थाको रुपमा परिचित यस संस्थाले विभिन्न अवार्ड समेत प्राप्त गरिसकेको छ ।

बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७९/८० को चौथो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७१.५९ अर्ब पुर्याउन सफल भएको छ ।

साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३१४.३१ अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले यस त्रयमास सम्ममा खुद मुनाफातर्फ रू. ४.६५ अर्ब आर्जन गर्न सफल भएको छ, जुन वार्षिक विन्दुगत आधारमा १० प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (RoE) १७.०७ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रतिसेयर आम्दानी रू. ४०.२२ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २० वटै वाणिज्य बैंकहरूमध्ये अग्रणी स्थानमा छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६३१ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *