दशैं नजिकिएसँगै सेयर बजार घटेको–घट्यै, १३ वटै उपसूचक राताम्य

कामठाडौं । दशैं नजिकिएसँगै सेयर बजार घटेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २३.१६ अकंले घटेर १८५१.४३ बिन्दुमा ओर्लेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ अंकले घटेर ३५५.७४ को विन्दुमा ओर्लेको छ।

सोमबार १३ वटै उपसूचक राताम्य भएका छन् । पूँजी बजारमा आज ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ समूहको ०.७६ प्रतिशत, विकास बैंक समूहको ०.९६ प्रतिशत, फाइनान्स समूहको १.२५ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९४ प्रतिशतले सेयर मूल्य घटेको छ । आज प्रभु बैंकको प्रोमोटर सेयरको ६ करोड २४ लाख ७६ हजार रुपैयाँ र ह्याथवे इन्भेष्टमेन्टको ५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *