दशैं नजिकिएसँगै सेयर बजारमा गिरावट, १३ वटै सूचक राताम्मे

काठमाडौँ । साताको पहिलो कारोबार दिन आईतवार सेयर बजारमा  गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९५६.९२ अंकमा रोकिएर कारोबार बन्द भएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७९ अंकले घटेर ३६७.५७ को विन्दुमा ओर्लेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज नेप्से सूचीकृतमध्ये २८९ कम्पनीका ५८ लाख १५ हजार १८९ कित्ता सेयर एक अर्ब १० करोड १७ लाख ६६ हजार २९४ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

१६ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ४ को स्थिर रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *