धेरै धुवाँ फाल्ने सवारी साधनलाई ३ लाख रूपैयाँ जरिवाना गर्ने

काठमाडौं । काठमाडौं महानगरपलिकाले आफ्नो क्षेत्र भएर गुड्ने सवारी साधनहरुको वायु प्रदुषण जाँच गर्ने भएको छ ।

सरकारले तोकेको मापदण्डभन्दा बढी धुवाँजन्य प्रदुषण उत्सर्जन भइरहेको भनी जनगुनासो आएको भन्दै महानगरपालिकाले आफ्नो क्षेत्रका सडकमा सञ्चालन भइरहेका सवारी साधनहरुको धुवाँ निष्कासनको अवस्था परीक्षण गर्ने र कानुनबमोजिम ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

वायु प्रदुषणको प्रमुख कारणमध्ये सवारी साधनबाट निस्किने धुवाँ पनि एक रहेको भन्दै महानगरपालिकाले ‘काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७’ को व्यवस्थाबमोजिम जाँच गरी कारबाही गर्ने घोषणा गरेको हो ।

त्यसबारे महानगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गरेर मापदण्ड विपरीत कार्य गर्नेलाई बन्देज लगाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *