काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको भाउमा सामान्य बढोत्तरी भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो।
आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal







