५ वटा वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?

काठमाडाैं । चालु आर्थिक वर्ष सुरु भएसँगै विभिन्न वित्तीय संस्था र कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन्। हालसम्म दुई दर्जन कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्।

जसमध्ये ५ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन्। लाभांश प्रस्ताव गर्नेहरुमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक, सिटिजन्स बैंक, छन्।

माछापुच्छ्रे बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले भदौ १३ गते लाभांश घोषणा गरेको हो ।

साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। बैंकको वार्षिक साधारणसभा असोज १८ गते, बिहीबार होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा बिहान ११ बजे शुरु हुनेछ।

एभरेष्ट बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले भदौ २७ मा लाभांश घोषणा गरेको हो ।

सानिमा बैंकले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.७ प्रतिशत नगद गरि कुल १४.७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले भदौ २८ मा लाभांश प्रस्ताव गरेको हो ।

एनआईसी एसिया बैंकले कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले भदौ २८ गते लाभांश प्रस्ताव गरेको हो ।

सिटिजन्स बैंकले हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाखको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६ सय ५२ रुपैयाँ ९६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले भदौ ३१ गते लाभांश प्रस्ताव गरेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *