काठमाडौं । नेपाल एसबीआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल नियुक्त भएका छन् ।
नेपाल एसबीआई मर्चेण्टको सञ्चालक समितिको ५५ औं बैठकले अधिकृतमा पोख्रेललाई नियुक्त गरेको हो । पोख्रेलले यसअघि नेपाल एसबीआई बैंकको वित्त, लेखापरीक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
उनले बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १० वर्षभन्दा बढी समय काम गरिसकेका छन् । नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत पोख्रेलले क्यापिटलको व्यवसाय विस्तार र मर्चेण्ट बैंकिङ्गबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउने बताएका छन् ।
नेपाल एसबीआई बैंकको सहायक कम्पनीका रूपमा रहेको मर्चेण्टको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्गलगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।






