काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बिहीबार भदौ २८ गते बाँडफाँट भएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आईपीओ बाँडफाँट भएको हो। आईपीओ बाँडफाँट कार्यक्रम क्यापिटलको कार्यालयमा दिउँसो २ बजे राखिएको थियो।
सिटिजन लाइफले गत भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
क्यापिटलका अनुसार यो आईपीओमा कुल १४ लाख १३ हजार १५८ आवेदकबाट माग भएको १ करोड ५६ लाख ६ हजार ८२० कित्ता प्रमाणीकरण भएको छ। जसमा १४ लाख ७ हजार २३७ आवदेकबाट परेको १ करोड ५५ लाख २२ हजार ३७० कित्ता सदर भएको छ भने ५ हजार ९२१ आवेदकबाट परेको ८४ हजार ४५३ कित्ता बदर भएको छ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको छ। जसमा भाग्यमानी ९ लाख आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। यो हिसाबले सदर आवेदकमध्ये ५ लाख ७ हजार २३७ आवेदकको खाली भएको छ।
बाँडफाँटको नतिजा नेपाल एनआईएमबि एस क्यापिटल को वेवसाइट https://result.nimbacecapital.com/#/ तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।







