प्राइम कमर्सियल बैंकको सीईओमा मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आज बसेको बैठकले रिक्त सीईओ चार्टर्ड अकाउन्टेन्ट मानन्धरलाई नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

स्थापनाकालदेखि नै बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि बैंकको कायममुकायम सीईओका रुपमा कार्यरत थिए। मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ।

तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु मानन्धरसँग राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरेको अनुभव रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *