माछापुच्छ्रे बैंकले ल्यायो प्रायोरिटी पास सुविधा

काठमाडौं । डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउँदै आएको माछापुच्छ्रे बैंक लिमिटेडले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ।

यो सुविधाअन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पासधारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिनाझन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन्।

यो प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो। जसअन्तर्गत कोलिन्सन ग्रुप यूकेले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० सहरमा अवस्थित १ हजार ४०० बढी एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्जहरुमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ।

प्रायोरिटी पासले उडान गर्नुअघि एयरपोर्ट लाउन्जअनुसार सोफामा आराम गर्न र निःशुल्क खाना तथा खाजाको आनन्द लिन वा निःशुल्क वाईफाई प्रयोग गर्नलगायत अन्य अतिरिक्त सुविधासहित लाउन्जको अनुभव प्रदान गर्दछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *