कति पर्‍यो सन नेपाल लाइफको आईपीओमा आवेदन ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेकोआईपीओमा १ अर्ब ९३ करोड ७५ लाख ५६ हजार २७० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात भदौ १ गते साँझ ५ः०६ बजेसम्म ६ लाख ९८ हजार ६०९ जना आवेदकले ८१ लाख ६ हजार ९३० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले साउन ३२ गतेबाट सर्वसाधारणलाई प्रिमियम मुल्यमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्न लागेको हो । प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *