काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (सोमबार) पनि सदनमा अवरोध गरेको छ । सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित भएको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद सुन प्रकरणबारेकाे सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै एमालेले उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
संसद अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले यसअघि पटक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसहितको बैठक राखे पनि सहमति हुन सकेको छैन ।
Artha Sanjal






