सेयर बजारमा झिनो अंकको गिरावट

काठमाडाैं । सेयर बजारमा सोमबार सामान्य अंकले गिरावट आएको छ। बजार आज नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ को विन्दुमा झरेको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ अंकले बढेर ३९८.१३ को विन्दुले बढेको छ। २ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २७९ कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता सेयर २ अर्ब ९ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँमा किनबेच भएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *