आजको तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी १३० रुपैयाँ, टनेल गोलभेडा सानो ८५, घिउ सिमी लोकल ५०, काउली स्थानीय प्रतिकेजी ५०, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५६, लौका ४०, हरियो फर्सी ७०, घिरौला ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ, गाँजर ११०, बन्दा लोकल २०, मूला सेतो ४०, मूला रातो ५०, भन्टा डल्लो ५०, मकै बोडी ७०, टाटे सिमी ५०, तितो करेला ४०, ब्रोकाउली ८०, कागती १३०, भिण्डी ५०, पिंडालू ५०, निगुरो ८० रुपैयाँ, रातो बन्दा ७०, लोकल काँक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५००, केरा दर्जनको १४०, अनार ३००, नासपाती ७०, आभोकाडो ५००, कालो अंगुर ४००, किवी ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, मालदह आँप २२०, लप्सी ६०, हरियो धनिया १००, लसुन हरियो १२०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, रूख कटहर ३५, छ्यापी सुकेको २३०, भेडे खुर्सानी ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *