काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र तरानाथ लुइटेल नेतृत्वको संयुक्त राष्ट्रिय जनान्दोलन मोर्चाबीच एकता भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच राप्रपा नेपालमा मोर्चा एकीकृत भएको घोषण गरिएको हो ।
राप्रपा नेपाल र मोर्चाबीच ५ बुँदे समझदारी भएको छ । समझदारीपत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइटेलले हस्ताक्षर गरेका छन् ।
एकीकरणपश्चात सबै पदाधिकारी तथा नेता कार्यकर्तालाई अध्यक्षद्वयको सहकार्यमा यथोचित व्यवस्थापन गर्ने, केन्द्रमा भएको एकीकरणअनुरुप तल्लो तहमा पनि एकीकृत भएर अघि बढ्ने सहमति भएको भएकाे माेर्चाकी प्रवक्ता सृजना वाग्लेले जानकारी दिइन् । साथै समान विचार बोकेका व्यक्ति, संघ सस्था यवं राजनीतिक दलसंग समेत सहमति र सहकार्य गर्दै जाने र एकताको लागि ठाउँ खुल्ला रहने उनको भनाई छ ।
समान विचार राख्ने राजनीतिक शक्तिसँग परिस्थितिजन्य सहकार्य–एकीकरण गर्ने कामलाई निरन्तरता दिने, देशमा विद्यमान व्याप्त भ्रष्टाचार, तस्करी, कालोबजारीको अन्य गर्न विधिको शासन, मानव अधिकारको रक्षा गर्दै सम्मुनत नेपाल स्वाभिमानी नेपाली बनाउन लागिरहनेलगायत समझदारी भएको छ ।

प्रकाशित मिति : श्रावण १४, २०८० आईतबार २ : ५५ बजे
Shares







