आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट नियुक्त

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले जारी गर्ने १५० प्रतिशत हकप्रद सेयरको लागि नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई सेयर बिक्री प्रबन्धक र आफ्नो सेयर रजिष्ट्रारको लागि नियुक्त गरेको छ । दुई कम्पनीबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको कम्पनीका तर्फबाट अध्यक्ष राम श्रेष्ठ र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता कार्यक्रममा जलविद्युत कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा लगायतको उपस्थिति रहेको थियो ।

गत असार २२ गते शुक्रबार अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर काठमाडौमा सम्पन्न १५ औं वार्षिक साधारणसभाले कम्पनीले १:१.५ को अनुपात हकप्रद सेयर पारित गरिसकेको छ ।

कम्पनीले हकप्रद सेयरबाट उठेको पुँजीले गणेश हिमाल हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्ने छ । सो आयोजनामा कम्पनीले ६० प्रतिशत लगानी गर्ने र बाँकी रकमबाट बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्ने कम्पनीले जनएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *