मिटरब्याज सम्बन्धी विधयेक राष्ट्रियसभाबाट पारित

काठमाडौं । राष्ट्रियसभाबाट मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित भएको छ।

सभाका सचिव डा सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मत पारित भएको हो । सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो । राष्ट्रियसभाबाट संशोधन स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि बाटो खुलेको छ।

राष्ट्रिय सभामा उत्पत्ति (५ असार २०८० मा दर्ता) भएको यो विधेयक १५ असार २०८० मा पारित भएर राष्ट्रियसभामा गएको थियो । ३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको विधेयकलाई बिहीबार राष्ट्रियसभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *