काठमाडौं । प्रहरीले महोत्तरीबाट एक जना मिटरब्याजी नेतालाई पक्राउ गरेको छ । प्रहरीले भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउ गरेको हो । उनी मिटरब्याजी रघुवीर साहका छोरा हुन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा बुधबार विवाद गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले मूलधनको ६ गुणासम्मको तमसुक बनाएको र आफूले दिएकै अनुसारको तमसुक बनाएकाले त्यसरी नै हिसाब गर्नुपर्ने अडान राखेपछि विवाद भएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका इन्द्रजित साहुहरुको संगठन लेनदेन संघर्ष समितिका सहसचिव हुन् । जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ ।
Artha Sanjal






