फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडाैं । नेपाल बजारमा आज  सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै छापावाला सुन  प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी  सुन १ लाख १२ हजार ९५० रुपैयाँ पुगेको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन  प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी  १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँ कायम भएको थियो।  हिजो चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *