सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुआत गरेको छ ।

यो सुविधाअन्तर्गत ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् । ततपश्चात बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले ई–मेलमार्फत प्राप्त गर्नेछन् ।

उक्त सूचना प्राप्त गरेपश्चात सम्बन्धितले सक्कल आवेदनसहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) संकलन गर्ने व्यवस्था मिलाइएको छ । आवेदनमा कुनै समस्या भएमा कारणसहित ई–मेलमार्फत समयमै सूचना पठाइनेछ ।

यस प्रविधिबाट ग्राहकलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ । सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालय र १२३ वटा एटीएम सञ्जाल छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *