काठमाडौं । माछापुच्छ्रे बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने नेशनल बेष्ट प्रिजेन्टेड एनवल रपिोर्ट अवार्डबाट सम्मानित भएको छ ।
माछापुच्छ्रे बैंकले बैंकिङ्ग क्षेत्र तर्फको सर्टिफिकेट अफ मेरिट अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड माछापुच्छ्रे बैंकलाई प्रदान गरिएको हो ।
माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखासहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Artha Sanjal







