प्रभु क्यापिटलले ल्यायो १० हजारसम्म जित्न सकिने अफर

काठमाडाैं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवासँगै लोयल्टी प्वइन्ट्स अफरका साथै रिफरल स्किम लन्च गरेको छ।

यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटलले ‘प्रभु क्यापिटल लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन सञ्चालनमा ल्याएको छ। यो योजना साउन मसान्तसम्म संचालन हुने भएको छ।

यो प्रतियोगिताअन्तर्गत सहभागीहरुले प्रभु क्यापिटलको टिकटक अकाउन्टमा राखिएको जिङ्गलको ओरिजिनल साउन्डमा टिकटक बनाई ह्यासट्याग #prabhuloyaltyandreferal राखी पोस्ट गर्नुपर्ने हुन्छ। सबैभन्दा धेरै लाइक्सका आधारमा विजेता छनौट गरिने र विजेताले  १० हजार जित्न सक्ने क्यापिटलले जनाएको छ।

प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ। यो अफर र स्किमका बारेमा थप जानकारीका लागि प्रभु क्यापिटलको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी लिन सकिनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *