काठमाडौं । एनआईसी एशिया बैंक २६ औँ वर्षमा प्रवेश गरेको छ । २६ वर्षअघि सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ बैंक स्थापना भएको थियो।
२६ औँ वार्षिक उत्सवको अवसरमा बैंकले आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैंकले यस अनवरत यात्रामा अतुलनीय योगदान दिने ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक आभारसमेत व्यक्त गरेको छ ।
बैंकले नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट समेत गरेको छ ।







