काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकको करिब ३ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ।
बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ९४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई काठमाण्डौको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ।
तोकिएको समयपछि संस्थापकहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
Artha Sanjal






